Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > जर्दा पान बेच्न पाउनु पर्ने माग गर्दै प्रदर्शन

जर्दा पान बेच्न पाउनु पर्ने माग गर्दै प्रदर्शन

विराटनगर, १ साउन । विराटनगर महानगरपालिकाले आज अर्थात साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्रिवितरणमा रोग लगाएको छ । तर जर्दा सहितको पान बेच्न पाउनुपर्ने माग गर्दै आज विराटनगरका पान ब्यवसायिहरु पसल बन्दगरी प्रर्दशनमा उत्रिएका छन् । आजदेखि विराटनगर महानगरपालिकाले जर्दा बेच्न निषेध गरेपछि ब्यवसायीहरु पसल बन्द गरेर बिरोधमा उत्रिएका हुन् ।

महानगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि साउन १ गतेदेखि अभियान नै सञ्चालन गर्ने भन्दै सूर्तीजन्य पदार्थको बिक्रिका लागि दिइने अनुमति नै नविकरण गरेन् । सुर्तीजन्य पदार्थ बिक्री अनुमति लिएका सबै पसलको इजाजत रद्द गरेर राजस्व नलिने निर्णय गरेका कारण कुनैपनि सार्वजानिक स्थानमा यसको बिक्री वितरण र प्रयोग पूर्ण रुपमा रोक्नेगरी महानगरपालिका अघि बढेको छ । पान ब्यवसायीहरुले पान बेच्दा जर्दाको प्रयोग गर्दै आएपनि जर्दा बेच्न नपाइने भएपछि ब्यवसाय नै चौपट हुने भन्दै ब्यवसायी पसल बन्द गरेर आन्दोलन थालेका हुन् ।

प्रर्दशनको क्रममा पान ब्यवसायिले स्थानिय रामजानकी मन्दिर परिसरबाट ¥याली निकालेका थिए । ¥यालीका सहभागि पान ब्यवसायीले जर्दा पान बेच्न पाउनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका थिए । पान ब्यवसायीको ¥याली नाराबाजी गर्दै विराटनगर महानगरपालिका कार्यालयसम्म पुगेको थियो । यसअघि पान ब्यवसायीहरु रामजानकी सेवा सदनमा भेला भएर प्रदुम्न पाण्डेको नेतृत्वमा पान ब्यवसाय संघ तदर्थ समिति समेत गठन गरेका छन् । आफुहरुले राज्यलाई विभिन्न प्रकारको कर तिरेर ब्यवसाय संचालन गर्दै आएपनि महानगरको निर्णयले पसल नै बन्द गर्ने अवस्था आएको पान ब्यवसायीले बताए । विराटनगर महानगरपालिकाभित्र झण्डै एकसय पान पसलहरु रहेको ब्यवसायीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *