Saturday, January 18, 2025
Home > मुख्य समाचार > जमिन साटेर सीमा समस्या समाधान गर्ने प्रस्ताव आफ्नो नभएको प्रधानमन्त्री दाहालको प्रष्टिकरण

जमिन साटेर सीमा समस्या समाधान गर्ने प्रस्ताव आफ्नो नभएको प्रधानमन्त्री दाहालको प्रष्टिकरण

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफूले प्रष्ट धारणा राखेको बताउनुभएको छ । भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने स्थापित गर्न आफूले भूमिका खेलेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सार्वजनिक रुपमै सीमा समाधान गर्छौं भनेर पहिलो पटक बोलेको भन्दै उहाँ चिन्ता नलिन आग्रह गर्नुभयो । जमिन साटासाट गरेर सीमा समस्या समाधान गर्ने बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएको बताउनुभयो । तर ‘नेपालका केही विज्ञ, वुद्धिजिवीहरुले यस्तो पनि भनेका छन्’ भन्ने आफूले भनेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *