धनकुटा, ११ जेठ । तरकारी उत्पादनका लागि पकेट क्षेत्रको रुपमा रहेको धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अध्यक्षसंग कृषिकार्यक्रम मार्फत किसानको मागका आधारमा किसानलाई तरकारीको विऊवितरण सुरु गरेको छ । गाउँपालिकाका ५ वडाहरुमा किसानको मागका आधारमा समुह, सरकारी मार्फत किसानलाई पालिकाको ७५ प्रतिशत र समुहको २५ प्रतिशतलागत साझदारीमा मुला, फुलकोपी, बन्दाकोपीलगायत तरकारी वालिको विऊवितरण गरिरहेको छथर जोरपाटीको कृषि शाखाले जनाएको छ ।
किसानले पनि पालिकाले सुरु गरेको विऊवितरणले निकै ठूलो सहयोग पुगेको बताएका छन् । धनकुटा जिल्लामा छथर जोरपाटीगाउँपालिकामा व्यावसायीक तरकारी खेती धेरै हुने गरेको छ ।