Saturday, January 18, 2025
Home > खेलकुद समाचार > चितवनको क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन्छ : खेलकुदमन्त्री लिम्बु

चितवनको क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन्छ : खेलकुदमन्त्री लिम्बु

काठमाडौं, १० असार । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकारले चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बुले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण शुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको हो ।

उहाँले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको बताउनु भयो । उहाँले सरकारले स्वामित्व ग्रहण गरेपछि यसको निर्माणका लागि बजेट ब्यवस्थापन गर्ने पनि बताउनु भयो । उहाँले विद्यालयमा बालबालिकाको लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरिएको बताउनु भयो । त्यस्तै खेलकुद गतिविधि सञ्चालन गर्नका लागि १०० वटा खेलकुद संघहरुलाई २ लाख ५० हजारको दरले अनुदान दिनेगरी बजेट व्यवस्थापन गरिएको बताउनुभयो । मन्त्री लिम्बूले खेलकुद बीमाको निति तयार गर्न प्रक्रिया अगाडी बढेको पनि उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *