Saturday, January 18, 2025
Home > मुख्य समाचार > घट्यो विराटनगरको बजेट

घट्यो विराटनगरको बजेट

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/ ०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
महानगरपालिकाको १२ औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले आज आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । गत वर्षको तुलनामा महानगरले बजेटको आकार घटाएको छ । चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको थियो । आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारमार्फत अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, राजश्व तर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयतर्फ ९९ करोड ५० लाख, जनसहभागिता तर्फ १० करोड, आन्तरिक ऋण तर्फ १० करोड, अन्य संघसंस्था तर्फ ३ करोड र नगद मौज्दात बापत २ करोड आय हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *