Saturday, January 18, 2025
Home > मुख्य समाचार > कोशी सरकार गठनविरुद्धको रिट आज पनि हेर्न नभ्याइने

कोशी सरकार गठनविरुद्धको रिट आज पनि हेर्न नभ्याइने

काठमाडौं, २६ असार । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित गरिएको हो । यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको हो । गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा (एमाले)का तर्फबाट रिट दायर गरिएको थियो । कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन भएको भन्दै रिट दायर गर्नु भएको हो । रिटमा हालै नियुक्त हुनुभएका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *