Saturday, January 18, 2025
Home > मुख्य समाचार > कोशी सरकारसम्बन्धि रिटको सुनुवाइ पूर्ण इजलासमा हुने

कोशी सरकारसम्बन्धि रिटको सुनुवाइ पूर्ण इजलासमा हुने

काठमाडौं, ८ साउन । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्णइजलासमा हुने भएको छ ।

सर्वाेच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज रिटमाथिको सुनुवाइ पूर्णइजलासबाट हुने आदेश दिएको हो । उक्त रिटमाथि पूर्ण इजलासमा भोलिदेखि नै सुनुवाइ हुनेछ । आदेशमा निवेदनको विषयवस्तु हेर्दा जटिल कानुनी प्रश्न समावेश भएको देखिएको र त्यसको निराकरण पूर्णइजलासबाट हुन उपयुक्त देखिएकाले सर्वाेच्च अदालत नियमावली, २०७४ को नियम २३ ९२० (ग) बमोजिम मिति २०८० साउन ९ गते पूर्ण इजलासमा पेश हुने गरी पेशी तोकी नियमन बमोजिम गर्न उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *