Saturday, January 18, 2025
Home > मुख्य समाचार > कोशी प्रदेश सरकार गठनको रिटको पेसी सुष्मालता र तिलप्रसादको इजलासमा

कोशी प्रदेश सरकार गठनको रिटको पेसी सुष्मालता र तिलप्रसादको इजलासमा

काठमाडौं, ८ साउन । कोशी प्रदेश सरकार गठनको विषयमा परेको रिटको सुनुवाई न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ । मुख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिनुभएपछि कोशीका मुख्यमन्त्री एवं कांग्रेस नेता उद्धव थापा नेतृत्वको सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वाेच्च अदालतमा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले रिट दायर गर्नु भएको थियो । एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले गत असार २२ गते सर्वाेच्चमा रिट हाल्नु भएको हो । संघीय सरकारमा रहेका गठबन्धन दलहरुले कोशी प्रदेशको एमाले सरकार ढाल्ने क्रममा सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गर्नुभएको थियो ।

सरकार गठनमा सभामुख गौतमको समेत हस्ताक्षर गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन लिनुभएको थियो । कोशीमा सबैभन्दा ठूलो सदको रुपमा एमाले रहेको छ । कार्कीले थापालाई मुख्यमन्त्रीबाट हटाएर आफूलाई मुख्यमन्त्रप् बनाउनु पर्ने माग समेत रिट निवेदनमा गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *