Saturday, January 18, 2025
Home > मुख्य समाचार > कोशी प्रदेश नामाकरण विवाद : वार्ता बिना निष्कर्ष टुंगियो

कोशी प्रदेश नामाकरण विवाद : वार्ता बिना निष्कर्ष टुंगियो

विराटनगर, ४ असार । कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आन्दोलन गरिरहेको पहिचानवादी पक्षबीच भएको पहिलो वार्ता निष्कर्षबिहीन बनेको छ । आज बिहान विराटनगरस्थित बिग होटलमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो ।

प्रदेश सरकारका तर्फबाट वार्ता समितिको संयोजक रहेका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वार्ता सोहार्दपूर्ण भएको बताउनुभयो । उहाँले दुई पक्षबीच पुनः वार्ता बस्ने सहमति भएको जानकारी दिनुभयो । पहिचान पक्षधरबाट गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगुलगायत वार्तामा सहभागी हुनुभएको थियो । सरकार पक्षबाट सिंचाइ खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी वार्तामा सहभागी हुनुहुन्थो । फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानका आधारमा पुन नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *