Thursday, November 21, 2024
Home > राष्ट्रिय समाचार > कोशी प्रदेशका माओवादी मन्त्रीले दिए राजीनामा

कोशी प्रदेशका माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर, २३ जेठ । माओवादीबाट कोशी प्रदेश सरकारमा रहेका माओवादीबाट मन्त्री भएका दुईजनाले राजीनामा दिएका छन् । माओवादी कोशी प्रदेश संसदीय दलले हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिनुभएको हो । आज माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाउनुभएको हो । आचार्य र चापागाइँ गत पुस २५ गते मन्त्री नियुक्त हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *