Saturday, January 18, 2025
Home > मुख्य समाचार > कृषि र रोजगारीमा ध्यान दिन सांसदहरुको माग

कृषि र रोजगारीमा ध्यान दिन सांसदहरुको माग

काठमाडौं, ७ जेठ । प्रतिनिधिसभा सदस्यहरुले देशको गरिबी हटाउन शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलगायतको क्षेत्रमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । आईतवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले सरकारले उखुलाई उधारो बाली बनाएको बताउनु भयो । उहाँले उखु किसानको भुक्तानीको मस्यालाई तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो । प्रतिनिधि सभा सदस्य असिम साहले नक्कली भूटानी शरणार्थी प्रकरणमा नाम जोडिएकी र सम्पर्कबिहीन भनिएकी प्रतिनिधि सभा सदस्य प्रतिनिधि सभामा उपस्थित भएको भन्दै उहाँलाई सोधपुछ गरियो, गरिएन भनेर प्रश्न गर्नुभयो । प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले यात्री दर्ता प्रक्रियामा पुनः समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले पाँचखालमा वर्षाले धेरै बालिनालीको नोक्शान गरेको भन्दै बालि बीमा र गटबन्धको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सरकारले सहिदहरुको सूची प्रकाशन गरेको विषय उठाउँदै यानप्रसाद गौतमको नाम नपरेको भन्दै सहिद कि गद्दार हुन् भनेर प्रश्न गर्नुभयो । प्रतिनिधि सभा सदस्य चित्र बहादुर केसीले छिमेकी देशका सत्ताधारी पार्टीका संगठनहरुले नेपाललाई हिन्दु राष्ट्र बनाउन वकालत गर्दै हिडेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले देशमा धर्मलाई राजनीतिको दुनो सोज्याउने हतियार बनाइएको भन्दै यसतर्फ सचेत गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *