Saturday, January 18, 2025
Home > मुख्य समाचार > काठमाडौं महानगरविरुद्ध व्यवसायीहरुको प्रदर्शन

काठमाडौं महानगरविरुद्ध व्यवसायीहरुको प्रदर्शन

काठमाडौं, ३ भदौ । काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरुलाई बिस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

सडक व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालीकाको कदमबिरुद्ध आज काठमाडौंमा भेला भइ प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साईकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरु र केही सर्वसाधारण आन्दोलनमा उतिएका छन् ।

व्यवसायीको आन्दोलनमा सहभागी कानून व्यवसायी सुविन मुल्मीले काठमाडौं महानगरले सडक व्यापारीहरुलाई गरिखान नदिएको बताउनु भयो । उहाँले गैरकानूनी रुपमा व्यवसायीहरुले सामान महानगरले खोसेको भन्दै कानूनी रुपमा नै उनीहरुको समुचित व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले सडक व्यापारलाई कानूनले रोकेको अवस्था नरहेको बताउनु भयो । महानगरले गैरकानूनी रुपमा व्यवसायीहरुको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप लगाउनु भयो ।

व्यवसायीहरुले शहर सबैका लागि की धनीका लागि मात्रै ? गरी खान देउ लगायतका नारा लगाएर आन्दोलन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *