Saturday, January 18, 2025
Home > मुख्य समाचार > काठमाडौं निजगढ द्रूतमार्ग तीन वर्षमा सम्पन्न हुने

काठमाडौं निजगढ द्रूतमार्ग तीन वर्षमा सम्पन्न हुने

काठमाडौं, १० असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ दू्रतमार्ग निर्माण कार्य सम्पन्न हुने बताउनु भएको छ । आज प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

मन्त्री ज्वालाले सो दूू्रतमार्गको निर्माणका लागि आगामी आर्थिक वर्षका लागि २२ अर्व बजेट व्यवस्था गरिएको पनि बताउनु भयो । उहाँले मन्त्रालयको बजेट चालू आर्थिक वर्षको भन्दा करिव ३७ अर्व घटेकाले सबै क्षेत्रको मागलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको स्पष्टिकरण समेत दिनु भयो । मन्त्री ज्वालाले सो द्रूतमार्गको निर्माण कार्यलाई नेपाली सेनाले तीव्रताका साथ अघि बढाएको पनि संसदलाई जानकारी गराउनु भयो । मन्त्री ज्वालाले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गराउन र गुणस्तरीय बनाउन आफू लागिपर्ने समेत बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *