Saturday, January 18, 2025
Home > मुख्य समाचार > काँग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार छ : मुख्यमन्त्री कार्की

काँग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार छ : मुख्यमन्त्री कार्की

विराटनगर,१२ साउन । कोशी प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले प्रदेशको स्थायित्वको लागि भए पनि एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताउनुभयो । सर्वाेच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै कार्की मुख्यमन्त्रीमा पुनर्बहाली हुनुभएको हो ।

प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने कार्कीको भनाइ छ । प्रजातन्त्र, सुशासनका लागि कांग्रेससँग कुरा मिले सँगै सरकार बनाएर जान सक्ने र त्यसका लागि एमाले तयार रहेको कार्कीले बताउनुभयो । अदालतको आदेश अनुसार ७ दिन भित्र सरकार गठनका लागि सबै दलहरुसँग कुराकानी भइरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *