Thursday, November 21, 2024
Home > आर्थिक समाचार > कच्च पदार्थ बोकेर विराटनगर आयो रेल

कच्च पदार्थ बोकेर विराटनगर आयो रेल

विराटनगर, १८ जेठ । नेपाल र भारतबीच कार्गो रेल सेवा आजबाट शुरु भएको छ । नेपाली उद्योगकालागि मालसामान बोकेको मालबाहक रेल बिहीबार विराटनगर आइपुगेको हो । नेपाली उद्योगकालागि कच्चा पदार्थ लोड लोड गरिएको मालवाहक रेल जेठ १८ गते दिउसो डेढ बजे विराटनगर आईपुगेको छ । ४ दिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको थियो ।

नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर कार्गो रेल्वे सेवाको उदघाटन गर्नुभएको थियो । विराटनगर १८ स्थित नेपाल रेलयार्डमा रेल आईपुग्दा नेपाल तथा भारतका झण्डा बोकेका विद्यार्थी सहित ब्यापारी र सर्वसाधारणले उत्साह पुर्वक रेलको स्वागत गरेका थिए । यसअघि कयौं पटक परीक्षणको क्रममा रेलयार्ड सम्म रेल आएको भएपनि नेपाली उद्योगकालागि कच्चा पदार्थ सहित पहिलोपटक कार्गो रेल विराटनगर आईपुगेको हो । मालवाहक रेलले पहिलो खेपमा आरती स्ट्रिप्सकालागि ४३ ¥याक स्पन्ज आईरन बोकेर ल्याएको छ ।

मालवाहक रेलको आगमन शुरु भएपछि ब्यवसायिहरु उत्साहित भएका छन । ट्रकबाट गरिने ढुवानी भन्दा रेलको भाडा सस्तो हुने भएकाले उद्योगी ब्यवसायि र उभोक्ता सबै लाभान्वित हुने उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको भनाइ छ । बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८ दशमलव १ किलोमिटर रेल्वेको निर्माण सन २०११ मा सुरु भएको थियो । जसमध्ये बथनाहबाट बुधनगरसम्म ८ किलोमिटर मात्रै निर्माण भएको छ । बाँकी ८ किलोमिटरमा संरचना तयार भइरहेको छ । करिब साढे २ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहण सम्बन्धी विवादका कारण काम हुन नसकेको हो ।

बथनाहादेखि बुधनगरसम्म भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर रेलमार्गको निर्माण कार्य चार वर्षअघि नै पूरा भएको थियो । भारतबाट विराटनगर हुँदै भित्रिने रेलको अन्तिम स्टेशन कटहरी गाउँपालिकाको महेशपुरमा निर्माण गरिने छ । यस आयोजनाको कूल लागत ३ अर्ब ७३ करोड भारतीय रुपैयाँ रहेको जनाईएको छ । भारतीय निर्माण कम्पनी ईरकोनले रेलमार्ग सहितका भौतिक संरचनाको निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *