Saturday, January 18, 2025
Home > मुख्य समाचार > एमालेको अवरोधपछि संसद बैठक स्थगित

एमालेको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं, १० साउन । सुन तस्करीको उच्चस्तरीय छानविन माग गर्दै एमालेको नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक आगमी सोमबारसम्मका लागि स्थगित भएको छ। एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेसम्मको लागि स्थगित गर्नुभयो ।

एमालेले संसदबाट उच्चस्तरीय छानविन समिति गठन गर्नका लागि रुलिङ गर्न सभामुख समक्ष माग गरेको छ। एमालेका प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री पदमा बस्न योग्य नरहेको आरोपसमेत लगाउनुयभो । गृहमन्त्रीले स्टन्टबाजी गर्दै भ्रम छर्ने काम गरेको गिरीको भनाइ थियो ।

‘उहाँ अब कुन नैतिकताको धरातलका आधारमा त्यो पदमा बस्न सुहाउँछ ?’ भन्दै उहाँले प्रश्न गर्नुभयो ।
आजको बैठकमा सत्ता पक्षकै सांसदले पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका छन् । कांग्रेसका सुनील शर्मालाई पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *