Saturday, January 18, 2025
Home > मुख्य समाचार > उद्धव थापा नेतृत्वको कोशी सरकार असंवैधानिक

उद्धव थापा नेतृत्वको कोशी सरकार असंवैधानिक

काठमाडौं, ११ साउन । कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वको सरकार विश्वासको मत लिन नपाउँदै ढलेको छ ।
सर्वोच्च अदालतले थापाको नियुक्ति असंवैधानिक भएको भन्दै नियुक्ति बदर गरेर पदमुक्त भएको फैसला सुनाएसँगै सरकार ढलेको हो । कांग्रेस संसदीय दलका नेता थापा गठबन्धनका तर्फबाट गत असार २१ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सर्वोच्चले कोशी प्रदेश सरकार गठनमा सभामुखको सहभागिता संविधानविपरित ठहर गरेको हो । न्यायाधीश ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सभामुख बाबुराम गौतमको हस्ताक्षर लिएर दाबी गर्न गएका उद्धब थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरेको हो । सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्णइजलासमा पठाएको थियो । गत २१ असारमा कांग्रेस सांसद उद्धव थापा सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्ति गरेको विषय संविधानविपरीत भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । यसअघि सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वाेच्चले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।

अदालतले संविधानको धारा १६८ (२) अनुसार सात दिनभित्र नयाँ सरकार गठन गर्न आदेश दिएको हो । यस धाराअनुसार प्रदेश सरकारमा बहुमत जुटाउने दलले सरकार बनाउन सक्ने छ । यदि कुनै पनि दलले बहुमत जुटाउन नसकेको अवस्थामा संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा हिक्मत कार्की पुनः मुख्यमन्त्री बन्नु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *