Thursday, November 21, 2024
Home > मुख्य समाचार > इजरायलमा फसेका नागरिकको उद्धारका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै

इजरायलमा फसेका नागरिकको उद्धारका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, २२ असोज । इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन सोमबार दिउँसोका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् र सर्वदलीय बैठक आव्हान गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । मन्त्रिपरिद् बैठक लगत्तै साँझ ५ बजे प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठकले इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउनेबारे आवश्यक निर्णय गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *