Saturday, January 18, 2025
Home > आर्थिक समाचार > आर्थिक मन्दी र खुला नाकाले विराटनगरका व्यापारी विस्थापित हुँदै

आर्थिक मन्दी र खुला नाकाले विराटनगरका व्यापारी विस्थापित हुँदै

विराटनगर, ८ जेठ । विराटनगरमा पछिल्लो समय सटर खाली हुने क्रम बढदै गएको छ । खुला नाका, आर्थिक मन्दी, चर्को बैंक ब्याजका कारण विराटनगरमा व्यवसायिक सटहहरु खाली हुन थालेका हुन् । व्यवसाय ठप्प हुदाँ कतिपय व्यबसायीले सटरमात्र छाडेका छैनन्, व्यवसायबाट नै पलायन भएका छन् । केही महिना अघि सम्म सञ्चालनमा रहेको कृतिका कलेक्सन एण्ड बुटिक लेखिएको यो सटर अहिले बन्द छ । यसका संचालक विराटनगरबाट विस्थापित भएका थिए । कृतिका बुटिक त एक प्रतिनिधिमात्र हो अहिले विराटनगर महानगरपालिकामा खुद्रा तथा थोक व्यवसाय प्रायः सिथिल देखिएको छ ।

आर्थिक संकट, खुला नाका र महँगो ब्याजदरले विराटनगरमा व्यापार गर्न गाह्रो भएको व्यवसायीहरुको गुनासो छ । सिमापारी जोगवनीमा भन्सार नलाग्ने भएको कारण सस्तोमा सामान ल्याउने गर्दा विराटनगरको व्यापार फस्टाउन नसकेको उनीहरुको भनाइ छ । भन्सार तिरेर नेपाल ल्याएको सामान सीमापारीको मूल्यमा उपलब्ध गराउन नसक्ने विराटनगरका व्यवसायीको भनाइ छ । कोरोना महामारिका बेला सीमामा भएको कडाईले केही राहत दिएपनि कोरोनापछि भने अवस्था झन भयाबह भएको विराटनगर खुद्रा व्यवसाय सघका अध्यक्ष संजयसिंह मण्डलले बताउनु भयो ।

संघीय सरकारले आगामी अर्थनीतिमा खुद्रा तथा खुला व्यवसायलाई समेट्न नसके व्यवसायबाट पलायन हुनु पर्ने अवस्था आएको उहाँले बताउनु भयो । राजनीतिलाई सेवामुखी भन्दा आफनो दुनो सोझ्याउने दलीय परिपाटीले विराटनगर लगायत सीमासँग जोडिएका तराईका अधिकांश सहरहरुको अवस्था दयनीय छ । समस्याको समाधानका लागि अर्थ मन्त्रालय, स्थानीय प्रसासन र भन्सारका प्रमुख कहाँसम्म पुग्दा केही दिन भन्सारमा कडाई गरेपनि अहिले फेरि अवस्था जस्ताको तस्तै रहेको विराट व्यापर संघका अध्यक्ष नरेश खत्रीले बताउनुभयो । गतवर्ष माघमा बैंकको व्याज तिर्न नसकेर विराटनगरका व्यवसायी मोहनप्रसाद न्यौपानेले आत्महत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *