Saturday, January 18, 2025
Home > मुख्य समाचार > आर्थिक अभावमा शरीर जोडिएका जुम्ल्याहाको उपचारमा समस्या

आर्थिक अभावमा शरीर जोडिएका जुम्ल्याहाको उपचारमा समस्या

पदमकुमार सरदार, विराटनगर, ८ जेठ । कोशी अस्पताल विराटनगरमा तीन हप्ता अघि पहिलो पटक शरिर जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा बच्चाको स्वास्थ्य अवस्था जोखिममा परेको छ । बच्चाको स्वास्थ्य अवस्था सामान्य भए पनि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउन नसकेपछि जीवन जोखिमा परेको हो । सप्तरीको कल्याणपुर घर भएकी दुखनीदेवी भगत चौधरीले बैशाख २१ गते कोशी अस्पताल विराटनगरमा शरीर जोडिएको अवस्थमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन । छातीदेखि पेटसम्मको भाग जोडिएका दुवैको जन्मिदाको तौल साढे तीन किलोग्राम रहेको अस्पतालले जनाएको छ ।

पेट जोडिएका बच्चा जन्मिएपछि बाबु भने शिशुलाई अस्पतालमै छोडेर बेपत्ता भएका थिए । एकद्वार संकट व्यवस्थापन केन्द्र कोशी अस्पतालले महिला पुनस्र्थापना केन्द्र (ओरेक) विराटनगरको सहकार्यमा शिशुलाई वैशाख २७ गते परिवारलाई जिम्मा लगाएको अस्पतालका मेसु डा.रविनराज सिंहले जानकारी दिनुभयो । कहिले काहि यस्तो दुर्लभ बच्चाहरु जन्मने र त्यस्ता बच्चालाई बचाउन सुविधा सम्पन्न अस्पताल आवश्यक पर्ने मेसु सिंहले बताउनुभयो । जुम्ल्याहा शिशुलाई शल्यक्रिया गरेर अस्पतालले निकालेको दिनदेखि आजसम्म उनको अवस्था समान्य छ ।

अहिले पनि कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र कोशी अस्पतालले उपचारका लागि सहयोग पु¥याउँदै आएको छ । गरिव परिवारका चौधरी दम्पतिले उपचार गर्न सुविधासम्पन्न अस्पतालमा लैजान नसकेपछि महिला पुनस्र्थापना केन्द्र (ओरेक) विराटनगरले त्यसका लागि आर्थिक स्रोत जुटाउने काम गरिरहेको ओरेक विराटनगर इन्चार्ज उर्मिला निरौलाले जानकारी दिनुभयो । बच्चाको अभिभावकसंग प्रत्येक दिन विहान बेलुका सम्र्पक गर्दा बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको पाइएको उहाँले बताउनुभयो । बच्चालाई थप उपचारमा सहयोग गर्न मनकारीहरुलाई उहाँले आग्रह समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *