विराटनगर, २५ साउन । सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामति सेवा ऐन जारी गर्न सबै तयारी पुरा गरेर विधेयक मन्त्रिपरिषद्मा दर्ता गरिसकेको जानकारी दिनुभएको छ ।
आज विराटनगर विानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री मोदीले संघीय निजामति सेवा ऐन निर्माणका लागि विधेयक संसदमा लैजान मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइसकिएको बताउनुभएको हो ।
मन्त्री मोदीले मन्त्री पद रहिरहे आफ्नै पालामा निजामति सेवा ऐन जारी हुने बताउनुभयो । मन्त्री मोदीले निजामति सेवा क्षेत्रको सुधारका लागि संधै सुगममा मात्रै बस्दै आएका कर्मचारीहरूको सरुवा गर्न लिष्ट तयार पार्नेकाम भइरहेको जानकारी दिनुभएको छ । उहाँले कोहि सुगममा मात्रै बस्ने र कसैले दुर्गममा मात्रै बस्नु पर्ने अवस्थाको अनत्य गर्ने तरी मन्त्रालयले काम गरिरहेको बताउनुभयो । उहाँले स्थानिय तहमा प्रमुख प्रशासकिय अधिकृत खाली नभएको पनि दाबी गर्नुभयो ।