काठमाडौं, २ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा अर्थमन्त्री डा.महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ । भेटमा अर्थमन्त्री डा.महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । भेटवर्तामा चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभएको थियो ।