Thursday, November 21, 2024
Home > आर्थिक समाचार > अर्थतन्त्र सकारात्मक हुँदै छ : अर्थमन्त्री महत

अर्थतन्त्र सकारात्मक हुँदै छ : अर्थमन्त्री महत

काठमाडौं, २९ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको छ ।
आज राष्ट्रियसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको हो । उहाँले मुल्यवृद्धि पनि विगतको भन्दा घटेको बताउनु भयो । उहाँले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *