Saturday, January 18, 2025
Home > मुख्य समाचार > अमेरिकी विदेशमन्त्री लू भेटघाटमा व्यस्त

अमेरिकी विदेशमन्त्री लू भेटघाटमा व्यस्त

काठमाडौं, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले भेटघाटलाई तीव्रता दिनुभएको छ । आज नेपाल आएलगत्तै उहाँले परराष्ट्रमन्त्री एनपी साउद र नेपाली काँग्रेसका सभापति शेरबहादुर दउवासँग भेटघाट गर्नुभएको छ । अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनबारे मन्त्री साउदसँग छलफल गर्नुभएको छ । परराष्ट्रमन्त्री एनपी साउदसँग आज अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उहाँले एमसीसी कार्यान्वयनबारे छलफल गर्नुभएको हो । भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पछि पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी गर्ने विषयमा छलफल भएको छ ।

यस्तै दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदशेमन्त्री लूबीच भेटवार्ता भएको छ । भेटमा नेपाल – अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको देउवाले ट्वीट गरेर जानकारी दिनुभयो । लुले आज नै प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *