Saturday, January 18, 2025
Home > मुख्य समाचार > अनिश्चितकालका लागि कोशी प्रदेश सभा स्थगित

अनिश्चितकालका लागि कोशी प्रदेश सभा स्थगित

विराटनगर, २३ जेठ । बजेटको मुखमा अनिश्चितकालका लागि कोशी प्रदेशसभा बैठक स्थगित भएको छ । आजको प्रदेशसभा वैठकमा सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थिगित भएको जानकारी दिनुभयो । बजेट आउने समय नजिकिंदै गर्दा कोशी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएपछि समयमै बजेट आउने वा नआउने भन्ने अन्यौलमा परेको छ । सरकारले भोली प्रदेशसभामा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको थियो । तर, नीति तथा कार्यक्रम नल्याइ प्रदेशसभा वैठक स्थगित भएपछि समयमै बजेट आउने हो वा हैन भन्ने अन्यौल भएको छ । प्रदेशसभा स्थगित भए पनि अध्यादेशबाट बजेट ल्याउने तयारी भइरहेको सरकार निकट स्रोतले जनाएको छ । यता प्रतिपक्षी दलका नेताहरूले भने चालु संसदको अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउनु अलोकतान्त्रीक पद्दती हुने बताएका छन् । पूर्व मुख्य मन्त्री तथा नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राईले चालु अधिवेशन अनत्य गरेर अध्यादेशको बाटोमा सरकार जान नहुने बताउनुभयो ।

माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले अनुभवी मुख्यमन्त्री भएकाले चालु संसदको अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट नल्याउने बताउनुहुन्छ । उहाँले चालु अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउनु अलोकतान्त्रीक बाटो हुने भएकाले मुख्यमन्त्री अलोकतान्त्रीक बाटोमा नहिड्ने विश्वास व्यक्त गर्नुभयो । संघीय सरकारले जेठ १५ गते भित्रमा र प्रदेश सरकारहरूले असार १ गते भित्रमा बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *