Saturday, January 18, 2025

सर्वियन खेलाडी जोकोभिच युएस ओपन टेनिस च्याम्पियनसिपबाट बाहिरिए

एजेन्सी २२ भाद्र
उपाधिको मुख्य दाबेदारको रुपमा रहेका सर्वियन खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिस च्याम्पियनसिपबाट बाहिरिएका छन् । चौथो चरणको खेल अन्तर्गत स्पेनको कारेनो बुस्टाविरुद्धको खेलमा लाइन जजलाई बलले हानेपछि जोकोभिच च्याम्पियनसिपबाट ‘डिसक्वालिफाइड’ भएका हुन् । प्रतियोगिताबाट बाहिरिएपछि जोकोभिचको उपाधि जित्ने सम्भावना सकिएको छ । बुस्टासँग अंक गुमाएपछि ३३ वर्षीय जोकोभिचले निराश हुँदै लाइन जज तर्फ बल हानेका थिए । उनले हानेको बलले लागेपछि लाइन जज ढलेका थिए । अफिसियलहरुबीच लामो छलफलपछि जोकोभिचलाई प्रतियोगिता खेल्न नदिने निर्णय भएको हो । युनाइटेड स्टेट्स टेनिस एसोसिएसनले एक स्टेटमेन्ट जारी गर्दै जोकोभिचले लाइन जजलाई बल हानेकोले उनलाई प्रतियोगिताबाट डिसक्वालिफाइड गरेको जनाएको छ । साथै उनले युएस ओपनको सबै र्याङ्किङ प्वाइन्ट र प्राइज मनी पनि गुमाउने भएका छन् । जोकोभिचले पनि इन्स्टाग्राममा एक स्टेटमेन्ट जारी गर्दै घटनाले दुःखी बनाएको र युएस ओपनसँगै सबैसँग माफी माग्न चाहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *