Saturday, January 18, 2025
Home > आर्थिक समाचार > हिउँ हेर्न र खेल्न पर्यटकको भिँड

हिउँ हेर्न र खेल्न पर्यटकको भिँड

यतिबेला उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्ये बनेका छन् । नेपाल भ्रमण वर्षको सुरुवात देखि नै परेको हिउँ अझै पनि बिलिएको छैन । हिउँ हेर्न र खेल्नकै लागि पर्यटक उच्च पहाडी क्षेत्र गएर मनोरन्जन लिइ रहेका छन् । इलामको सन्दकपुर र पाँचथरको पर्यटकिय स्थल साधुटार लगायतका स्थानमा हिउँ खेल्न पर्यटकको भिड लागेको छ ।

हिउँ परेसँगै यतिबेला पहाडी क्षेत्रमा सडक तथा खुला क्षेत्र तथा डाँडा पाखामा सेताम्ये हिउँ जम्मा भएको छ । पाँचथरको पौवा भन्ज्याङ आसपासका घरका छाना, रुख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्य बनेको छ । बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बनेपनि त्यहाँ पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । कोही हिउँ मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव संगालिरहेका छन् ।
हिउँ परेपछि सडकमा आवतजावत गर्ने सवारीसाधनमा भने समस्या आएको छ । तर हिउँसँग खेल्न र रमाउने पर्यटक भने बढ्दै गएका छन् । घुम्न आएका पर्यटक बिहानैदेखि हिउँमा खेल्दै फोटो खिच्दै रमाएका छन् । पहिलोपटक साधुटार हिउँ खेल्न पुगेका पर्यटक धेरै रमाइलो भएको भन्दै हिउँमा गुडुल्की मारिरहेका थिए । स्वदेशी मात्र होइन रमाइलो भएको भन्दै विदेशी पर्यटक पनि हिउँमा रमाइरहेका छन ।

हिमपातका कारण इलामको सन्दकपुर, कालपोखरी, जौबारी, तुम्लिङलगायत सीमावर्ती पर्यटकीय बजार सेताम्य भएका छन् । ‘हिमपातपछि चिसो धेरै बढ्दा यहाँका व्यवसायी र पशुपालक कृषक भने समस्यामा छन । यस क्षेत्रमा घर बाहिर निस्कने अवस्था नभएकाले धेरैले आगो तापेरै दिन बिताउने गरेका छन् । बाक्लो हिउँ जमेकाले केही दिन सवारीसाधन चल्न कठिन भएको छ । हिउँले गर्दा बिदेशी पर्यटकहरु समेत धेरै दिन हिउँमा नै रमाउन यहिँ बस्दै आएका छन् । उनीहरुको बसाइ लम्याउन समेत हिउँले सहयोग गरेको स्थानीय ब्यवसायीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *