Saturday, January 18, 2025
Home > आर्थिक समाचार > स्वास्थ्य प्रोटोलक कायम गरेर उद्योग व्यवसाय सञ्चालन गर्न उद्योगी व्यवसायीको सुझाव

स्वास्थ्य प्रोटोलक कायम गरेर उद्योग व्यवसाय सञ्चालन गर्न उद्योगी व्यवसायीको सुझाव

बिराटनगर १६ भाद्र
कोरोनाले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन स्वास्थ्य प्रोटोलक कायम गरेर सबै किसिमका उद्योग व्यवसाय र व्यापार सञ्चालन गर्न उद्योगी व्यवसायीहरुले सुझाव दिएका छन् । कोरोनाले भन्दा जनता भोकले मर्ने अवस्था सिर्जना भएको भन्दै उद्योगीले उद्योग व्यवसाय सुचारु गरेर आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले मकालु विशेषमा कुरा गर्दै अब स्वास्थ्य प्रोटोकल कायम गरेर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनतामा अनुशासनहीनता बढ्दै गएका कारण कोरोना संक्रमण फैलिएको आरोप लगाउनुभयो । लकडाउनको पूर्ण पालना नभएसम्म संक्रमण नरोकिने उहाँको भनाइ थियो । पूर्ण रुपमा उद्योग व्यवसाय सञ्चालन नगर्ने हो भने ३ हप्ता मुलुक ठप्प हुनेगरी लकडाउन लगाउन उहाँले सुझाव दिनुभयो । उद्योग व्यवसाय सञ्चालन नगरे मुलुकमा आर्थिक संकट निम्तिने उहाँले बताउनुभयो । कोरोनाबाट थलिएको देशको अर्थतन्त्रलाई चलायमान बनाउन सस्तो ब्याजमा सहज रुपमा ऋणको उलब्धता, कृषिको आधुनिकीकरण र यान्त्रीकरण, आन्तरिक पर्यटनको प्रवद्र्धनलगायतमा ध्यान, आत्मनिर्भर र बढी रोजगारी सिर्जना गर्ने उद्योगलाई विशेष सुविधा दिनसमेत अध्यक्ष घिमिरेले माग गर्नुभयो । उहाँले कोरोनाका कारण मजदुर काममा नआउँदा र कच्चापदार्थको अभाव हुँदा मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगको उत्पादन ६० प्रतिशतसम्म कटौती गर्नुपरेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *