Saturday, January 18, 2025
Home > मुख्य समाचार > स्वास्थयकर्मीबाटै यौन दुब्र्यवहार

स्वास्थयकर्मीबाटै यौन दुब्र्यवहार

विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराउन गएकी एक युवतीले आफूमाथि स्वास्थयकर्मीबाटै यौन दुब्र्यवहार भएको आरोप लगाएकी छिन् । ढाड दुख्ने समस्याको उपचार गराउन गएकी युवतीसंग एक्सरे गर्ने कोठामा दुब्र्यवहार भएको पीडित युवतीले दाबी गरेकी छिन ।

ढाड दुख्ने समस्याका कारण शुक्रबार उपचार गराउन कोशी अस्पताल पुगेकी २४ बर्षिय एक युवती दुब्र्यवहारको शिकार भएकी हुन । ढाड दुख्ने समस्याको उपचार गराउन सो अस्पताल पुगेकी युवतीलाई चिकित्सकले तल्लो स्पाईनको एक्सरे गर्न सुझाव दिएका थिए । चिकित्सकको सुझाव अनुसार युवती अस्पताल परिसरमै रहेको एक्सरे कक्ष पुगेकी थिईन । एक्सरे गर्ने क्रममा त्यहाँ खटिएका स्वास्थ्यकर्मी युवाहरुको समुहले आफुलाई दुब्र्यवहार गरेको पीडित युवतीले बताएकी छिन् । एक्सरे गर्ने क्रममा ड्युटीमा खटिएका स्वास्थयकर्मीहरुले आफुलाई पेन्ट खोल्न लगाएर दुब्र्यवहार गरेको युवतीको आरोप छ । एक्सरे गर्ने क्रममा ड्युटीमा रहेका बिरेन्द्र यादवले आफुलाई पेन्ट खोल्न भनेपछि आफुले गाउन मागेको तर यादवले एक्सरे कोठामा गाउन उपलब्ध नभएको बताएको युवतीले बताएकी छिन । लगत्तै यादवले पेन्ट सार्ने निहुँमा आफुसंग दुब्र्यवहार गरेको पीडित युवतीले जानकारी दिएकी छिन । लुगा फुकाल्ने क्रममा यसअघि एक्सरे गर्न आएका बिरामीको दर्ता गर्न बाहिर खटिएका युवा समेत कोठामा प्रवेश गरेको र नजिकै उभिएको पीडित युवतीले बताईन ।

युवतीले एक्सरे कोठामा बेहोर्नुपरेको दुब्र्यवहारको बिषयमा जानकारी पाएपछि उनिसंगै अस्पताल पुगेका युवा र पीडित युवतीले अस्पताल प्रशासन समक्ष सो बिषयमा जानकारी गराएका थिए । लगत्तै सो विषयमा जिल्ला प्रहरी कार्यालय मोरङमासमेत जानकारी गराइयो । प्रहरीमा खबर पुगेसंगै अस्पताल पुगेको प्रहरीले आरोपित युवाहरुलाई कार्यस्थलबाट बाहिर निकालेर निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगिता मिश्रा समक्ष पुर्याएको थियो । निमित्त मेसु मिश्राले घटनामा संलग्नलाई कारवाही गर्न अस्पताल प्रशासन पछि नहट्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

घटनामा आरोपित स्वास्थ्यकर्मी युवाहरु विराट मेडिकल कलेजका इन्र्टन रहको खुल्न आएको छ । घटना उजागर भएपछि अस्पताल प्रशासनले मुख्य आरोपित विरेन्द्र यादव सहित थप एक युवालाई कोशी अस्पतालमा इन्टर्नसिप गर्न नपाउनेगरि निष्कासन गरेको छ । यद्यपि एक्सरे गर्ने क्रममा विरामीलाई छुनु सामान्य कुरा रहेको बताउदै आरोपित विरेन्द्रले एक्सरे कक्षमा गाउन नरहेका कारण उपलब्ध गराउन नसकिएको दाबी गरे ।

अन्त्यमा आरोपी युवाले पीडित भनिएकी युवतीसंग माफी मागेका थिए । पीडित युवतीसँग माफी मागेपछि प्रहरी कारवाही नगरिएको जनाइएको छ । एक्सरे कक्षमा महिला कर्मचारी नराखिनु तथा गाउनको ब्यवस्था नगरिनु एवम इन्र्टनसिपका विद्यार्थीको भरमा सेवा संचालन गर्नुमा अस्पताल प्रशासनको चरम लापरवाही देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *