Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > स्टार बहुउद्देश्यीय सहकारी संस्थाले स्वर्गीय ओमप्रकाश गोयल स्टार छात्रबृत्ति वितरण

स्टार बहुउद्देश्यीय सहकारी संस्थाले स्वर्गीय ओमप्रकाश गोयल स्टार छात्रबृत्ति वितरण

विराटनगर २५ असोज
विराटनगरस्थित स्टार बहुउद्देश्यीय सहकारी संस्थाले स्वर्गीय ओमप्रकाश गोयल स्टार छात्रबृत्ति वितरण गरेको छ ।
हिजो विराटनगरमा आयोजित २३ औं साधारणसभामा यस वर्षको छात्रवृत्ति जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका ११ जना विद्यार्थीहरूलाई वितरण गरेको हो । विराटनगरका वरिष्ठ समाजसेवी एवं उद्योगी दीनबन्धु गोयलले दाजु ओमप्रकाश गोयलको स्मृतिमा ७ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । सो अक्षयकोषबाट आउने ब्याजले हरेक वर्ष उच्च शिक्षा अध्ययनका लागि ११ जना विद्यार्थीलाई स्टार सहकारी संस्थाले वार्षिक साधारणसभाका अवसरमा ७ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश–१ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सांसद वसन्तीदेवी यादव, स्टार सहकारी संस्थाका अध्यक्ष रमेश पोखरेललगायतले विद्यार्थीहरूलाई छात्रबृत्ति रकम हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा संस्थाको गतिविधि तथा बार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष रमेश पोखरेलले प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *