Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सुनसरीको दुहबीमा सञ्चालित दुईवटा उद्योग बन्द हुँदा पाउनुपर्ने सुविधाबाट मजदुर बञ्चित

सुनसरीको दुहबीमा सञ्चालित दुईवटा उद्योग बन्द हुँदा पाउनुपर्ने सुविधाबाट मजदुर बञ्चित

सुनसरी १२ असोज
सुनसरीको दुहबीमा सञ्चालित दुईवटा उद्योग बन्द हुँदा पाउनुपर्ने सुविधाबाट मजदुर बञ्चित भएका छन् ।
२०४५ सालमा स्थापित अन्नपूर्ण सोप एण्ड केमिकल ईन्ड्स्टिज प्रा.लि. र नारायण भेजिटेबल प्रा. लि.का सञ्चालक बैंकिङ ठगी प्रकरणमा मुछिएपछि २०६२ सालदेखि उद्योग बन्द छ । उद्योगको स्थापनाकालदेखि काम गरेका मजदुरले सञ्चयकोष, उपदानलगायतका सुविधा पाउनबाट वञ्चित भएको मजदुरहरुको गुनासो छ । बैंकले उद्योगलाई लिलाम गर्न लागेकाले त्यहाँ काम गर्ने स्थायी मजदुरहरुले पाउनु पर्ने तलब, भत्ता, संचयकोष, उपदान, दशैंखर्चलगायत अन्य सेवा सुबिधाहरु नपाएसम्म अरुलाई भोग चलन गर्न नदिने नेपाल कारागार श्रमिक संघ प्रदेश–१ अध्यक्ष रमेश थापाले बताउनुभयो । २०६१ साल पुस ९ गते उद्योग संचालनमै रहेको अवस्थामा उद्योग ब्यबस्थापक सुबोध अग्रवाल, सुरेश अग्रवाल, किसन अग्रवाल र नारायण अग्रवाल समेत ४ जना दाजुभाइ बैंक ठगी मुद्दामा कारागार चलान भएपछि एक वर्ष सञ्चालन भएर उद्योग बन्द भएको थियो । दुई वटा उद्योगमा करिब २ सय कामदारले रोजगारी पाएका थिए । उद्योगले मजदुरको तलब, सञ्चयकोष र उपदानबापतको करिब ६ करोड रुपैयाँ दिन बाँकी रहेको थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *