Saturday, January 18, 2025
Home > खेलकुद समाचार > सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब नेपाल क्रिकेट संघले जम्मा गरिदियो

सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब नेपाल क्रिकेट संघले जम्मा गरिदियो

काठमाण्डौ २६ भाद्र
नेपाल क्रिकेट संघ (क्यान) ले सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब जम्मा गरिदिएको छ ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति निकालेर २२ जना खेलाडीको सन् २०१९ को ग्रेडिङ लिस्टअनुसार तलब निकासा गरिएको जनाएका छन् । यसपटक तीन ग्रेडमा रहेका सबै खेलाडीहरुको तलबमा १० वृद्धि भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानको प्रस्तावअनुसार नै खेलाडीको तलब वृद्धि गरेको हो । अब ‘ए’ ग्रेडमा रहेका खेलाडीले मासिक ४५ हजार रुपैयाँको दरले तलब पाउने छन् । बी ग्रेडमा रहेकाले ३५ र ‘सी’ ग्रेडमा रहेकाले २५ हजार पाउने छन् । यसअघि नेपाली खेलाडीले सन् २०१७ र २०१८ को तलब २०१९ को फेब्रुअरीमा एकुमष्ट पाएका थिए । ‘ए’ ग्रेडमा रहेका खेलाडीहरुमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, शरद भेषावकर, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र विनोद भण्डारी छन् । त्यस्तै ‘बी’ ग्रेडमा अभिनाष बोहोरा, रोहित पौडेल, पवन सरार्फ, सन्दिप जोरा, आरिफ शेख, बसन्त रेग्मी, ललितनारायण राजवंशी, र सुशन भारी छन् । त्यस्तै राजु रिजाल, प्रदीप ऐरी, रसिद खान, इशान पाण्डे, कुशल मल्ल र कुशल भुर्तेल सी ग्रेडमा छन् । टीमका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले पनि सी ग्रेडको खेलाडी बराबरको सुविधा पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *