Saturday, January 18, 2025
Home > मुख्य समाचार > सार्वजनिक यातायातका सवारीसाधनहरु सुचारु

सार्वजनिक यातायातका सवारीसाधनहरु सुचारु

विराटनगर ३ असोज

लकडाउनयता बन्द रहेको सार्वजनिक यातायातका सवारीसाधनहरु सुचारु भएको छ । लामोसमयको बन्दाबन्दी पछि सरकारले सार्वजनिक यातायातका सवारीसाधनहरु चलाउनदिने निर्णय गरेसंगै सडकमा सवारीसाधन गुड्न थालेका छन । प्रदेश एकको राजधानी विराटनगरबाट बिहीबार उल्लेख्य संख्याका बस लगायतका सार्वजनिक सवारीसाधनहरु गणतब्यतर्फ गएका छन । विराटनगर बस टर्मिनलबाट एकाबिहानैबाट यात्रु बोकेका बसहरु गणतब्यतर्फ जान शुरु गरेका थिए । संघीय सरकारको भदौ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले असोज १ बाट लामो तथा छोटो दुरीका सवारीसाधनहरु चलाउन दिने निर्णय गरेसंगै ब्यवसायीले आफ्ना सवारीसाधनहरु सडकमा निकालेका छन । असोज १ का दिन विश्वकर्मा पुजा परेका कारण पर्याप्त सवारीसाधन नकुदाइएपनि असोज २ बाट भने उल्लेख्य संख्याका बस लगायतका सवारीसाधनहरु कुद्न थालेका छन । यद्यपि बसपार्कमा पर्याप्त यात्रु नआएका कारण तोकिएभन्दा कम यात्रु लिएर बसहरु गणब्यतर्फ गएको पुर्व नेपाल यातायात प्रालिका किशोर धमलाले बताउनुभयो । बस तथा सवारीसाधनमा सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न पाउने तथा एउटा लहरामा एक जना मात्र यात्रु बसाउन पाउनेगरि बसहरु संचालनको अनुमति दिइएको छ । यसैगरि सवारीचलाउदा तोकिएको भाडा भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउनेगरि केन्द्रीय मन्त्रीपरिषदले सवारी संचालनको अनुमति दिएको छ । लामो समयको बन्दाबन्दीले गाडीहरु ग्यारेजमै थन्किएका कारण अधिकांश बसहरुमा प्राबिधिक समस्या देखिएको सुनौलो पुर्व नेपाल यातायात प्रालि अध्यक्ष राजन कँडेलले बताउनुभयो । सरकारले आव्हान गरेअनुसार स्वास्थ्य सुरक्षाका सबै प्रोटोकलको परिपालना गर्दै बस संचालनमा ल्याइएको उहाँले बताउनुभयो । सामान्य अवस्थामा विराटनगर बस टर्मिनलबाट लामो तथा छोटो दुरीकागरि ३ सय ५० बढी बस तथा माईक्रो लगायतका सवारीसाधन संचालन हुँदै आएकोमा बिहीबार झण्डै आधा संख्याका सवारीसाधन मात्र चलेका छन । लामो समय पछि बसहरु संचालनमा आएपछि सर्वसाधारणलाई आ–आफ्नो गणतब्यतर्फ आउजाउ गर्न सहज भएको छ । कोरोना संक्रमणको तीब्रता जारी रहेकै समयमा सार्वजनिक सवारीसाधनहरु खुलाइएका कारण यात्रु स्वयंपनि संक्रमणबाट जोगिन थप जिम्मेबार र गम्भीर हुनुपर्ने राजविराजतर्फ जान लाग्नुभएकी यात्रु दिपा कर्णले बताउनुभयो । सार्वजनिक बसहरु संचालन गर्ने क्रममा ब्यवसायीहरुले निर्देश गरिएका मापदण्डहरु परिपालना गरेको पाईएको छ । कोरोना संक्रमण बढ्दै गईरहेकोे समयमा यात्रु स्वंयले पनि स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर मात्र यात्रा गर्नु सुरक्षित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *