Saturday, January 18, 2025
Home > मुख्य समाचार > सामाजिक विकास मन्त्रालयले नै सामाजिक दुरी उल्लघंन

सामाजिक विकास मन्त्रालयले नै सामाजिक दुरी उल्लघंन

विराटनगर १७ भाद्र
प्रदेश नंः १ सामाजिक विकास मन्त्रालयले कोशी कोभिड–१९ उपचार केन्द्रमा आवश्यक विभिन्न स्वास्थ्य पदका लागि सामाजिक दुरी उल्लघंन गरेर अन्तरवार्ता लिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेसँगै सामाजिक दुरी कायम राख्दै विहानको समयमा बजार पसल केही खुला गरेको भएपनि स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएको मन्त्रालयमा नै सामाजिक दुरीको उल्लंघन गरिएको छ । नर्स, मेडिकल अफिसर, ल्याव टेक्नोलोजिष्ट लगायतका विभिन्न स्वास्थ्य पदका लागि अन्तरवार्ता लिनेक्रममा प्रदेश नंः १ सामाजिक विकास मन्त्रालय परिसरमा सामाजिक दुरीको उल्लघंन गरिएको छ । मन्त्रालय अगाडि अन्तरवार्ता दिन जानेहरुको निकै भिड रहेको थियो । अन्र्तवार्ता दिन जानेहरुले भिड हुन नदिन मन्त्रालयले नै कुनैपनि ब्यवस्थापन नगरेको भन्दै आफूहरु अचम्वित परेको बताएका छन । मन्त्रालयले भिडभाड हटाउन कुनै पनि उपाय नअपनाएको स्थानीयले पनि गुनासो गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *