Saturday, January 18, 2025
Home > मुख्य समाचार > सामाजिक अभियन्ता डाक्टर गोविन्दको समर्थनमा विराटनगरमा सत्याग्रहमा बसेका युवा र प्रहरीबीच विवाद

सामाजिक अभियन्ता डाक्टर गोविन्दको समर्थनमा विराटनगरमा सत्याग्रहमा बसेका युवा र प्रहरीबीच विवाद

विराटनगर १२ असोज
सामाजिक अभियन्ता डाक्टर गोविन्दको समर्थनमा विराटनगरमा सत्याग्रहमा बसेका युवा र प्रहरीबीच विवाद भएको छ । प्रहरीले प्रयोग गर्ने लट्ठी युवाहरुले नाटकमा प्रयोग गरेको बिषयमा विवाद भएको हो ।  स्वास्थयक्षेत्रमा सुधारको मागगर्दै अनशनरत डाक्टर गोबिन्द केसीको मागलाई समर्थन गर्दै प्रदेश एकको राजधानी विराटनगरको ट्राफिकचोकमा सत्याग्रहमा बसेका युवा र प्रहरीबीच विवाद भएको हो । उक्त ठाँउमा स्वतन्त्र यूवा समूहले डाक्टर केसीको फेससिल्डमास्क लगाएर प्रर्दशन गर्नुका साथै एकघन्टा रिले अनसनसमेत गरेका थिए । डाक्टर केसीले उठाएका मुद्दाहरु जनपक्षिय र जायज रहेकाले सरकारले त्यसलाई पूरा गर्नुपर्ने मागसहित यूवाहरु सत्याग्रहमा उत्रिएका थिए । सत्याग्रह र रिले अनसनको क्रममा यूवाहरुले विभिन्न माग र नारा लेखिएका प्ले–कार्ड समेत प्रदर्शन गरेका थिए । उनिहरुले ‘गोबिन्द केसीको माग मेरो पनि माग हो’ ‘हामीलाई थाहा छ सरकारसंग सुन्ने र बुझ्ने क्षमता छ’ र ‘मेरो सरकारले मेरै गाउँमा खोल्ने मेडिकल कलेजमा पढन चाहन्छु’ लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए । लगत्तै सत्याग्रहमा रहेका यूवाहरुले दृष्य प्रदर्शन गर्दै गरिने ‘स्टाचु प्ले’ मौन नाटक शुरु गरेका थिए । सो क्रममा एकजना प्रर्दशनकारीले प्रहरीको भूमिका प्रस्तुत गर्दै प्रहरीले प्रयोग गर्ने लट्ठी हातमा लिएर सडकमा उभिएपछि सुरक्षामा खटिएका एकजना प्रहरीले प्रर्दशनकारीको हातबाट उक्त लट्ठी खोसेका थिए । प्रहरीले हतियारको रुपमा प्रयोग गर्ने लट्ठी सर्वसाधारणले प्रयोग गर्न नपाउने तर्क गर्दै ती प्रहरीले प्रर्दशनकारीको हातबाट लट्ठी खोसेपछि युवाहरुले आफुहरु नाट्य कलाकार रहेको र नाटकका लागि मात्र प्रयोग गरेको बताउँदै फर्काउनुपर्ने माग गरेका थिए । तर प्रहरीले लट्ठी नफर्काउने जनाएपछि प्रहरी र युवाहरुबीच बादविवाद भएको थियो । प्रर्दशनकारीको हातबाट लट्ठी खोसेका प्रहरी, ट्राफिक प्रहरी कार्यालयतर्फ लागेपछि युवाहरु थप आक्रोशित भएका थिए । सो क्रममा उनीहरुले नाराबाजीसमेत गरेका थिए । सर्वसाधारण कसैले पनि प्रहरी पोशाकसँग सम्बन्धित लट्ठीलगायतका कुनै पनि सामग्री प्रयोग गर्न नपाउने जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो । नाटक लगायतका प्रयोजनका लागि सामग्री प्रयोग गर्नुपरे पूर्व स्वीकृति आवश्यक रहेको उहाँले जानकारी दिनुभयो । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै १९ औं पटक अनसन बस्नु भएका डाक्टर केसी भदौ २९ बाट अनसनमा हुनुहुन्छ । यो उहाँको १९ औं पटकको अनशन हो । जुम्लाबाट अनसन सुरु गर्नुभएका केसी केही दिनयता त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *