Saturday, January 18, 2025
Home > मुख्य समाचार > सवारी साधन र आन्तरिक उडान भदौ मसान्तसम्म नचलाउने सरकारको निर्णय

सवारी साधन र आन्तरिक उडान भदौ मसान्तसम्म नचलाउने सरकारको निर्णय

काठमाण्डौ १५ भाद्र
सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । तर, कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो । गत साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले एकसय २० दिन लामो लकडाउन अन्त्य गरेपनि केही क्षेत्र अझै खुलाएको छैन । पछिल्ला दिनमा त राजधानी काठमाडौंदेखि देशका विभिन्न क्षेत्रमा कोरोनाको संक्रमण अत्यधिक बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाउँदा सबैजसो क्षेत्र ठप्पप्रायः छन् । यसैगरी, मन्त्रिपरिषदको बैठकले हङकङको महावाणिज्य दूतमा उदय रानामगर र ल्हासाका लागि महावाणिज्य दूतमा नवराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *