Saturday, January 18, 2025
Home > मुख्य समाचार > सरकारको पछौटेपनका कारण आन्तरिक हवाई उडानमा अन्यौलता बढेको वायुसेवा सञ्चालक संघको आरोप

सरकारको पछौटेपनका कारण आन्तरिक हवाई उडानमा अन्यौलता बढेको वायुसेवा सञ्चालक संघको आरोप

काठमाण्डौ १९ भाद्र
वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) ले सरकारको पछौटेपनका कारण आन्तरिक हवाई उडानका विषयमा अन्यौलता बढेको बताएको छ ।सञ्चालकहरुले कोरोना संक्रमण हुनै नदिने गरी सम्पूर्ण स्वास्थ्य मापदण्डहरु पुरा गरेर उडान गर्ने बताएपनि सरकारी पछौटेपनका कारण आन्तरिक उडानमा ढिलाइ भएको सञ्चालक संघको भनाइ छ । सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले सम्पूर्ण ‘स्वास्थ्य प्रोटोकल’ पूरा गरी उडानको तयारी अवस्थामा सञ्चालकहरु भए पनि सरकारको पछौटेपनका कारण समस्या देखिएको बताउनुभयो । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल वायु सेवा निगमले जारी गरेका मापदण्डअनुसार आन्तरिक उडान गर्न सञ्चालकहरु सक्षम रहे पनि खुला नगरेको भन्दै उहाँले तीव्र असन्तुष्टि जनाउनुभयो । सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर संक्रमण नहुने अवस्थालाई मध्यनजर गर्दै काम गर्न सक्ने अवस्थामा वायु सेवा सञ्चालक भएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछौटेपनका कारण उडान खुला हुन नसकेको उहाँको भनाइ छ । भदौ १६ गतेबाट विदेशमा अलपत्र नागरिकहरुको उद्धारका लागि सरकारले नियमित अन्तर्राष्ट्रिय उडानहरु खुला गरेपनि आन्तरिक उडान खोलेको छैन । प्राविधिक, जनशक्ति र सम्पूर्ण स्वास्थ्य प्रोटोकलका हिसाबले तयार हुँदा पनि ढिलोमा असोज १ गतेबाट सरकारले आन्तरिक उडान खुला नगरे पर्यटन क्षेत्रका सबैले व्यवसाय बन्द गरेर तालाचाबी सरकारलाई बुझाइने उहाँले बताउनुभयो । कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले गत वर्षको चैत ११ गतेबाट लकडाउन गरेको थियो । ४ महिनाको लकडाउन सकिए पनि आन्तरिक हवाई उडानहरु सञ्चालन हुन सकेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *