Saturday, January 18, 2025
Home > मुख्य समाचार > सरकारको निर्णय मालपोत कार्यालयले कार्यान्वयन गराउन आनाकानी गरेको भन्दै घर जग्गा व्यवसायी संघ मोरङले आपत्ति

सरकारको निर्णय मालपोत कार्यालयले कार्यान्वयन गराउन आनाकानी गरेको भन्दै घर जग्गा व्यवसायी संघ मोरङले आपत्ति

मोरङ २५ भाद्र
सरकारको निर्णय मालपोत कार्यालयले कार्यान्वयन गराउन आनाकानी गरेको भन्दै घर जग्गा व्यवसायी संघ मोरङले आपत्ति जनाएको छ ।
विगत तीन वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न मालपोत कार्यालयहरुले आनाकानी गरेको संघको आरोप छ । आज विज्ञप्ति निकालेर संघले सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेको छ । सरकारी निकायहरु सरकारको निर्णय कार्यान्वयन गर्नुको साटो विभिन्न उल्झन खडा गरी आनाकानी गर्ने कार्य तत्काल नरोके कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ । ‘तत्काल सरकारको निर्णयअनुसार जग्गाको कित्ताकाटको प्रक्रिया सुरु गर्न जोडदार माग गर्दछौं,’– संघका अध्यक्ष घनश्याम पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ । कित्ताकाट रोकिँदा घरजग्गा व्यवसायमा भएको खर्बौं लगानी जोखिममा परेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *