Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सम्झनामा राष्ट्रकवि घिमिरे

सम्झनामा राष्ट्रकवि घिमिरे

काठमाण्डौ ३ भाद्र

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ ।

हिजो साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौैंका लाजिम्पाट स्थित आफ्नै घरमा घिमिरेको निधन भएको पारिवारिक श्रोेतले जनाएको छ । उहाँको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिनुहुन्थ्यो । रामविलास (रचना १९९५) बाट खण्डकाव्यको यात्रा सुरु गर्नुभएका कवि घिमिरेको २०१५ मा प्रकाशित गरेको गौरी खण्डकाव्य सबैभन्दा चर्चित खण्डकाव्य हो । घिमिरेद्वारा लिखित ऋतम्भरा महाकाव्य उहाँको अपूर्ण कृति हो । त्यस्तै, पापिनी आमा (२०१७), राजेश्वरी (२०१७), राष्ट्रनिर्माता (२०२३) धर्तीमाता (२०३०) जस्ता काव्यसंग्रहहरू, मालतीमङ्गले (२०३५), शकुन्तला (२०३३), हिमालवारि हिमालपारि (२०५४) जस्ता गीतिनाटकहरू घिमिरेलाई जीवन्त राख्ने साहित्यिक रचनाहरू हुन् । उहाँलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले छन्द शिरोमणिको उपाधिबाट अभिनन्दन गर्नुभएको थियो । त्यसको तीन दिनपछि उहाँलाई राष्ट्रकविको रूपमा अभिनन्दन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *