Saturday, January 18, 2025
Home > मुख्य समाचार > सभापतिले गरेका पछिल्ला निर्णयहरु सच्याउन माग गर्दै कांग्रेस वरिष्ठ नेता पौडेल समूहद्वारा पार्टी कार्यालयमा विरोधपत्र दर्ता

सभापतिले गरेका पछिल्ला निर्णयहरु सच्याउन माग गर्दै कांग्रेस वरिष्ठ नेता पौडेल समूहद्वारा पार्टी कार्यालयमा विरोधपत्र दर्ता

ललितपुर १३ असोज
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले गर्नुभएका पछिल्लो निर्णयहरु सच्याउन माग गर्दै पार्टी कार्यालयमा विरोधपत्र दर्ता गराएको छ ।  महाधिवेशनलाई प्रभावित पार्ने गरी सभापति देउवाले विधान विपरित विभिन्न विभाग गठन गरेको लगायतका सबै निर्णय सच्याउन माग गर्दै पौडेल समूहले पार्टी कार्यालय सानेपामा विरोधपत्र दर्ता गराएको हो । पौडेल समूहले पार्टीलाई विधानसम्मत सञ्चालन गरी महाधिवेशनलाई स्वच्छ र निष्पक्ष गरिकाले सम्पन्न गर्ने वातावरण बनाउनसमेत माग गरेको छ । पौडेल समूहले असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि नै आफ्ना सबै माग पूरा नगरे संघर्षका कार्यक्रम अगाडि बढाउने चेतावनीसमेत दिएको छ । विरोधपत्र दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेता नविन्द्रराज जोशिले महाधिवेसनलाई निश्चित समयमै निस्पक्ष र स्वतन्त्र तरिकाले सम्पन्न गर्न दवाव स्वरुप विरोधपत्र दर्ता गराएको बताउनुभयो । सभापति देउवाले विधानविपरीत २८ वटा विभागलाई ४८ पुर्याएको, विभागको जिम्मेवारी दिएर पार्टीका जिम्मेवार नेताहरुलाई नै अपहेलना गरेको बताउनुभयो । सरकारले गरेका गलत कामहरुको सम्बन्धमा पार्टीले राजनीतिक कार्यक्रम लिएर सडक देखि सदन सम्म विरोध गर्न नसकेको समेत उहाँले बताउनुभयो । उहाँले आफुहरुले राखेका माग पुरा नभए थप संघर्ष गर्न देशभरका पार्टी सदस्यहरुलाई आग्रह गरिने समेत स्पस्ट पार्नुभयो ।
कांग्रेसका अर्का नेता चन्द्र भण्डारीले कांग्रेसलाई मजबुत र विधिसम्मत तरिकाले अगाडी बढाउन नसक्दा देशमा अराजकता आएको बताउनुभयो । कांग्रेस कमजोर हुँदा देश अस्तव्यस्त हुने भएकाले त्यसको समाधानका लागि कांग्रेसलाई मजबुत बनाउने अभियानमा आफूहरु लागेको उहाँले बताउनुभयो । कांग्रेसको सुधारका लागि बुलेट प्रुफ ट्रेन चलाउन लागिएको पनि उहाँले बताउनुभयो । पौडेल समूहका तर्फबाट केन्द्रीय सदस्यहरु नविन्द्रराज जोशीलगायतका नेताहरुले पार्टी कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेललाई विरोधपत्र बुझाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *