Saturday, January 18, 2025
Home > स्थानीय समाचार > सडक विस्तारमा बाधक बनेका घरहरु इनरुवा नगरपालिकाले भत्कायो

सडक विस्तारमा बाधक बनेका घरहरु इनरुवा नगरपालिकाले भत्कायो

सुनसरी ३ भाद्र
बजार क्षेत्रको सडक विस्तारमा बाधक बन्दै आएका ६ घर भत्काउन इनरुवा नगरपालिकाको कार्यालयलाई झण्डै एक वर्ष समय लागेको छ । २०७६ असोज ९ गतेको सहमति अनुसार ५२ फिटको बाटो कायम गर्ने निर्णय भएपनि मुख्य बजार क्षेत्रको काम भने अघि बढ्न सकेको थिएन् । निर्माण कम्पनीले म्याद सकिन लागेको कारण देखाउँदै सडक निर्माणबाट हात झिक्ने बताए पछि सडक विस्तारमा बाधक बनेका घरहरु नगरपालिकाले भत्काउन थालेको हो । नगरपालिका सँगको छलफलमा एक वर्ष अघिनै घरधनीहरुले घर भत्काउने सहमति जनाएका थिए । यद्यपी उक्त सहमति कार्यान्वयनमा नआए पछि नगरपालिकाको कार्यालयले पछिल्लो पटक भौतिक संरचना र अवरोध हटाउन भदौ १ गते सम्म अन्तिम समयसीमा दिएको थियो । त्यसका बावजुत सडक अतिक्रमण नहटाइएकाले नगरपालिका आफैंले उक्त अवरोध हटाएको हो । सडक बिस्तारमा अवरोध बनेका संरचना हटाए लगत्तै ढल सहितको कालोपत्रे निर्माणको कार्यलाई अघि बढाइने इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *