काठमाण्डौ २ असोज
संसदीय समितिले रिक्त रहेका संवैधानिक आयोगका पदहरुमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संसदको कानून, न्याय तथा मानवअधिकार समितिले संवैधानिक आयोगका पदहरुमा रहेका पदहरुमा तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएको हो । मानवअधिकार संरक्षण र सम्बद्र्धनमा टेवा पुर्याउने संरचनाको रुपमा रहेका संवैधानिक आयोग पदाधिकारी विहिन हुन नहुने भएकाले तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराइएको समितिल सभापति कृष्णभक्त पोखरेलले बताउनुभयो । संविधानले नै व्यवस्था गरेका महिला आयोग, दलित आयोग, थारु आयोग, समावेशी आयोग लगायतका आयोगहरुमा छिटो पदाधिकारी नियुक्त गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।