Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > संरक्षणको अभावमा मूर्तिहरु जीर्ण बन्दै

संरक्षणको अभावमा मूर्तिहरु जीर्ण बन्दै

पोखरा ३१ भाद्र
पर्यटकीय नगरी पोखराको फेवातालस्थित कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । सात वर्ष अघि विश्वका चर्चित मूर्तिकारहरुले निर्माण गरेका यी मूर्तिहरु अहिले संरक्षणको अभावमा छरपस्ट छन भने दिन प्रतिदिन जिर्ण बन्दै गएका छन् । ढुंगाबाट मूर्ति बनाउने संसारका प्रसिद्ध मूर्तिकारहरु थेउरी लयरसको टिम र नेपालका मूर्तिकारहरुको संयुक्त पहलमा मूर्ति निर्माण भएको थियो । पार्कमा नाग, साँढे, प्रसव बेथामा रहेकी महिला, पात, मानिस, बुद्ध, बज्र योनी, हिमाल लागयतमा मूर्तिहरु निर्माण गरिएको थियो । त्यस्ता महत्वपूर्ण मूर्ति रहेको कोमागाने पार्क अहिले भने संरक्षणको अभावमा गाईवस्तु चरन क्षेत्रको रुपमा परिणत भएको छ । यो पार्क अहिले स्थानीय तह अन्तर्गत पोखरा महानगरपालिकाको जिम्मामा छ । तर अहिले सम्म महानगरपालिकाले कुनै पार्कको व्यवस्थापन र मूर्तिको संरक्षणमा ध्यान दिएको देखिदैन । महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले भने पार्कको व्यवस्थापन र कलात्मक मूर्तिहरुको संरक्षणका लागि महानगरपालिकाले छिट्टै काम सुरु गर्ने बताउनुभयो । पार्कमा १४ वटा मूर्ति रहेका छन् । जुन मुर्तिहरु सात वर्ष अघि करिब १ करोड लगानीमा नेपाल प्रज्ञा प्रतिष्ठान र पोखरा पर्यटन परिषद्को समन्वयमा १४ जना मूर्तिकारहरुले निर्माण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *