Saturday, January 18, 2025
Home > मुख्य समाचार > श्री स्वस्थानी ब्रत आजदेखि सुरु

श्री स्वस्थानी ब्रत आजदेखि सुरु

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने श्री स्वस्थानी ब्रत आजदेखि सुरु भएको छ ।

मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ एकमहिना सम्म बसिने यो ब्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार ब्रत बसेर तपस्या गरी मनोकाङ्क्षा पूरा भएको कुरा स्वस्थानी कथास“ग जोडिएका कारण यसको महत्व रह“दै आएको छ । मनोकाङ्क्षा पूरा हुने प्राचीन जनविश्वासले नै सर्वसाधारणको स्वास्थानी ब्रतप्रतिको आकर्षण बढ्दै गएको पाइन्छ । पौष शुक्ल पूर्णिमादेखि ब्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी संकल्पपूर्वक ब्रत आरम्भ गरिने र एक महिनासम्म मध्यान्हको समयमा भगवान शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा–आराधना गरिने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *