Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > शिक्षक र कर्मचारीहरुको मासिक तलब उपलब्ध नगराए आन्दोलन गर्ने संस्थागत बिद्यालय शिक्षक युनियन (ईस्टु) को चेतावनी

शिक्षक र कर्मचारीहरुको मासिक तलब उपलब्ध नगराए आन्दोलन गर्ने संस्थागत बिद्यालय शिक्षक युनियन (ईस्टु) को चेतावनी

बिराटनगर ७ असोज
संस्थागत बिद्यालय शिक्षक युनियन (ईस्टु) का शिक्षक र कर्मचारीहरुले मासिक तलबको माग गर्दै आन्दोलन गर्ने भएका छन ।
संस्थागत बिद्यालयले आफ्ना शिक्षक र कर्मचारीहरुलाई तलब नदिदा चुलो निभ्ने अवस्थामा रहेको भन्दै तत्काल तलब उपलब्ध गराउन उनीहरुले मागढ गरेका छन । संस्थागत बिद्यालयले शिक्षक कर्मचारीहरुको तलब भत्ताको ब्यवस्था गर्नुको साटो धमाधम कर्मचारीहरु निकाल्ने गरेकाले यो प्रवृत्ति रोकि तत्काल तलब दिनु पर्ने माग उनीहरुले गरेका छन । हाल देशभरमा ८ हजार पचास संस्थागत बिद्यालयहरुमा २ लाख भन्दा बढी शिक्षक कर्मचारीहरु कार्यरत रहेका छन । जसमध्ये कतिपय बिद्यालयहरुले अघिल्लो शैक्षिकसत्रको माघ देखिनै तलब दिएका छैन । गत सालको चैत्र महिनाको तलब पाउने ६० प्रतिशत मात्र रहेको ईस्टुले जनाएको छ । पछिल्लो समय बिगत ६,७ महिनादेखि संस्थागत बिद्यालयका शिक्षक कर्मचारीहरु बिना तलब मुस्किलले गुजारा गर्नु परिरहेकोले तलबको माग गर्दे आन्दोलन गर्नुपरेको ईस्टुका मोरङ अध्यक्ष मनोज खनालले बताउनुभयो । संस्थागत बिद्यालयका शिक्षक तथा कर्मचारीहरुको चैत सम्म तलब नदिएका संस्थागत बिद्यालयहरुले ७ दिन भित्र तलब दिनु पर्ने ,असोजको दोस्रो सातासम्म असार सम्मको सम्पुर्ण तलब अनिवार्य भुक्तानी गर्नु पर्ने,कार्तिकको पहिलो सातासम्म श्रावण ,भाद्र असोज र चाडवाडको खर्च अनिवार्य दिनु पर्ने लगायत ९ बँुदे मागसहित उनीहरुले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेका छन । उनीहरुले ज्ञापनपत्र सहित बिरोध र्याली निकाल्ने कार्यक्रम तय गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *