मोरङ १८ भाद्र
नेपाल तरुण दल युवा समिति कटहरी–४ मोरङले ३५ वर्षीय शान्ति गुरुङको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
परिवारको आर्थिक अवस्था कमजोर हुँदा कटहरी गाउँपालिका–७ स्थित हुरहुरीया टोलकी–३५ वर्षीया शान्ति गुरुङ स्वास्थ्य उपचार गराउन नेपाली कांग्रेसको भातृसंगठन तरुण दल युवा समिति कटहरी–४ ले आज सहयोग गरेको हो । मकालु टेलिभिजनबाट केही दिन अगाडि गुरुङको स्वास्थ्य उपचारमा आर्थिक अभाव सम्बन्धी रिपोर्ट प्रसारण गरेको थियो । मकालुको समाचार हेरेपछि आफूहरुले मानवीयताको नाताले ५ हजार रुपैयाँ सहयोग गरेको तरुण दल युवा समिति कटहरी–४ का सभापति जय पासवानले बताउनुभयो । बिरामीको अवस्था दयनीय देखेर सहयोग गरेको उहाँले जानकारी दिनुभयो । आफूहरुले सहयोगका लागि थप पहल गरिरहेको उहाँको भनाइ छ । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले समेत सहयोगका लागि आग्रह गर्नुभयो । विरामी शान्तिको उपचारका लागि वडा अध्यक्ष मन्टु शेख, क्षेत्र नंः ४ का तरुण दल क्षेत्रीय सभापती मुकेश कार्कीलगायत युवाहरुबाट संकलन गरिएको रकम सहयोग गरेको सभापती पासवानले जानकारी दिनुभयो । यस्तै सो अवसरमा गुरुङका परिवारलाई खाद्य सामग्रीसमेत प्रदान गरिएको थियो ।