Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > विश्व रेविज दिवसको सन्र्दभ पारेर विराटनगरमा रेविजबिरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन

विश्व रेविज दिवसको सन्र्दभ पारेर विराटनगरमा रेविजबिरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन

विराटनगर ९ असोज
प्राणघातक रेविज रोग नियन्त्रणगर्न विराटनगरमा साताब्यापी कार्यक्रम गरिएको छ । विश्व रेविज दिवसको सन्र्दभ पारेर रेविज बिरुद्धको निशुल्क खोप कार्यक्रम संचालन गरिएको हो । जनावरको टोकाईबाट मानिसमा सर्ने रेबिजलाई प्राणघातक रोगका रुपमा लिईन्छ । बिशेषगरि कुकुर तथा बिरालोको टोकाइबाट यो रोग मानिसमा सर्दछ । रेबिजले मानिसमा पार्ने प्रभावको जानकारी दिन र जोखिममा रहेकालाई रोकथामका बारेमा सचेत गराउन हरेक वर्ष सेप्टेम्बर २८ को दिनलाई विश्व रेबिज दिवसको रूपमा मनाइँदै आएको छ । नेपालमा पनि दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग तथा स्वास्थ्यसँग सम्बन्धित संघसस्थाहरूले सचेतनाका कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । रेबिज दिवसको सन्र्दभ पारेर प्रदेश एकको राजधानी विराटनगरमा साताब्यापी निशुल्क खोप कार्यक्रम संचालन गरिएको छ । भेटिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङ, सामुदायिक पशु संरक्षण केन्द्र र विराटनगर महानगरपालिकाले संयुक्त सहकार्य गर्दै रेबिज बिरुद्धको निशुल्क खोप कार्यक्रम संचालन गरेका छन । कार्यक्रम अन्र्तगत सडकहरुमा छाडारुपमा डुल्ने सामुदायिक तथा घरपालुवा कुकुरहरुलाई खोप दिन थालिएको पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डाक्टर सुशील अधिकारीले बताउनुभयो । महानगरपालिका र सहयोगी संस्थाको समन्वयमा प्रत्येक दिन बिहान ५ बजेदेखि ८ बजेसम्म सडकमा भेटिने सामुदायिक कुकुरहरुलाई रेबिज बिरुद्धको खोप दिने गरिएको तथा कार्यालय समयमा भेटिनरी अस्पतालमै टिम राखेर घरपालुवा कुकुरहरुलाई खोप दिने गरिएको डाक्टर अधिकारीले जानकारी दिनुभयो । साताब्यापी कार्यक्रम अन्र्तगत महानगरका झण्डै ७ हजार कुकुरहरुलाई खोप दिइने पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । रेबिज नियन्त्रणका लागि घरपालुवा कुकुरहरुलाई समेत खोप लगाउनु आवश्यक रहेको कुकुर पालकहरु बताउँछन । रेबिज रोग लाइसा नामक स्नायु नसामा प्रभाव पार्ने आरएनए भाइरसले गर्दा लाग्ने गर्छ । आरएनए भाइरस संक्रमित जनावरको र्यालबाट घाउको बाटो हुँदै मानिसको शरीरभित्र प्रवेश गरी स्नायु नसाको माध्यमबाट मस्तिष्कसम्म पुग्छ । आरएनए भाइरसबाट संक्रमित जनावरले मानिसलाई टोक्दा त्यसको र्यालको माध्यमबाट मानिसमा रेबिज सर्छ । रेबिजलाई नियन्त्रण गर्न खोप प्रभावकारी भएकाले भ्याक्सिनेशन आवश्यक रहेको सरोकारवाला वताउँछन । नेपालमा करिब २ सय मानिसहरुकोे रेबिजका कारण बर्षेनी मृत्यु हुने गरेको तथ्यांकहरुमा देखिन्छ । विराटनगर महानगरपालिकामा मात्र करीब २० हजारको संख्यामा कुकुरहरु रहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *