Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > विराट साहित्य संगम विराटनगरले साहित्यका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान

विराट साहित्य संगम विराटनगरले साहित्यका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान

बिराटनगर २५ असोज
विराट साहित्य संगम विराटनगरले साहित्यका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गरेको छ ।
हिजो विराटनगरमा आयोजित कार्यक्रममा नवलपरासीकी साहित्यकार भगवती पाण्डेलाई नगद ११ हजार ६ सय ६६ रुपैयाँसहित सम्मान गरेको हो । संगमले हरेक वर्ष साहित्यकारलाई सम्मान गर्दै आएको छ । यसैलाई निरन्तरता दिदै यस वर्ष यमुनादेवी–वैजनाथ भट्टराई स्मृति विराट साहित्य संगम पुरस्कारबाट पाण्डेलाई सम्मान गरिएको हो । पाण्डेलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथ नगद प्रदान गरिएको थियो । त्यस्तै संगम मासिक पत्रिकामा नियमित रचनाहरु प्रकाशन गरि सहयोग गर्ने सुनसरी इनरुवाका साहित्यकार खेमराज खनाल (खखेरा)लाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । खखेरालाई दोसल्ला ओढाएर नगद २ हजार ५ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । दुवैजना स्रष्टालाई प्राध्यापक हरिहर भण्डारी, आयोजक संस्थाका अध्यक्ष ऋतु आसिक, कविता चापागाईंलगायतले सम्मान गर्नुभएको थियो । सोही समारोहमा साहित्यकार भवानीप्रसाद पोखरेलले चौथो कृति सपना कथासंग्रहको विमोचन गरिएको थियो । संग्रहमा २१ वटा कथाहरू समेटिएका छन् । विमोचित कृतिका विषयमा हरि कट्टेल र ममता श्रेष्ठले समीक्षा गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार मधु पोखरेल, रामबाबु दाहाल, राष्ट्र सेवक सहकारी संस्थाका अध्यक्ष जीवन काफ्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *