Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगर–१९ स्थित निर्माणाधिन क्षेत्रीय रंगशाला संरक्षणको अभावमा अलपत्र

विराटनगर–१९ स्थित निर्माणाधिन क्षेत्रीय रंगशाला संरक्षणको अभावमा अलपत्र

विराटनगर २५ भाद्र

विराटनगर–१९ स्थित निर्माणधिन क्षत्रीय रंगशाला संरक्षणको अभावमा अलपत्र परेको छ । खेलकुदसँग सम्बन्धित निकायले रंगशालाको संरक्षणमा ध्यान नदिएपछि निर्माण भएका पूर्वाधारहरू जीर्ण बनेका छन् ।
विराटनगर–१९ वैजनाथपुर स्थित निर्माणाधिन क्षत्रीय रंगशालामा निर्माण भएका पूर्वाधारहरू संरक्षण नहुँदा जीर्ण बन्दै गएका छन् । आठौं साफ खेल सञ्चालनका लागि निर्माण भएका संरचनाको संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिएपछि निर्माण भएका पूर्वाधार जीर्ण बनेका हुन् । रंगशालामा अन्तराष्ट्रियस्तरकासुटिङ र टेनिस खेल खेलाउन सकिने पूर्वाधार निर्माण भए पनि ती पूर्वाधारको संरक्षण नहुँदा खिया लागेर जीर्ण बनेका छन् । कतियम संरचना भत्किसकेका छन् । आठौं साफपछि वैजनाथपुर स्थित रंगशालामा टेनिस र सिटिङका कुनै पनि खेल सञ्चालन भएका छैनन् । रंगशाला खेलाडीले खेल खेल्ने नभई गाईवस्तु चराउने र घाँस काट्ने स्थानका रुपमा परिणत भएको छ । रंगशाला परिषरमा कतै धान खेति गरिएको छ भने माछा मार्नेहरू माछा मार्न व्यस्त देखिन्छन् । रंगशालाको स्तरोन्नति र निर्माण भएका संरचनाको संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिएको विराटनगरका खेलाडी पारस चौधरी बताउनुहुन्छ । रंगशालाको संरक्षक नै नहुँदा कस्ले संरक्षण गर्ने भन्ने अन्यौल रहेको उहाँको भनाइ छ । यता रंगशालाको संरक्षण र रेखदेख गर्दै आएको पूर्वाञ्चल खेलकुद विकास समितिले भने तीन तहको सरकार बनेपछि रंगशाला कसले हेर्ने भन्ने नै अन्यौल रहेको जनाएको छ । वैजनाथपुर रंगशाला प्रदेशको क्षत्राधिकार भित्र परेको तर प्रदेशमा संरचना नै नभएका कारण संरक्षण गर्ने निकायको अभावमा रंगशालामा बनेका पूर्वाधार अलपत्र परेको पूर्वाञ्चल खेलकुद विकास परिषद्का कार्यालय प्रमुख चण्डिका बास्तोला बताउनुहुन्छ । उहाँले अहिले सम्म अधिकार क्षेत्र नै स्पष्ट नभइसकेकाले केन्द्र, प्रदेश र स्थानिय तह मध्ये कसको अधिकार क्षेत्रभित्र वैजनाथपुर रंगशाला पर्छ भन्ने निक्यौल भए पछि मात्रै रंगशालाको संरक्षण हुने स्पष्ट पार्नुभयो । मुलुक संघियतामा गएपछि अन्य क्षेत्र जस्तो खेलकुद क्षेत्रमा पनि अन्यौल कायमै छ । प्रदेश सरकारले खेलकुल सम्बन्धमा व्यवस्था गर्न ऐन नै निर्माण गरिसकेको भए पनि आबश्यक संरचना निर्माण गर्न ढिलाई गर्दा प्रदेशमा निर्माण भएका र निर्माणाधिन पूर्वाधारको संरक्षमा बाधा उत्पन्न भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *