Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगर–१८, इस्लामपुर नाकाबाट ठूलो संख्यामा सामान खरिदका लागि जोगबनी जाने गरेको फेला

विराटनगर–१८, इस्लामपुर नाकाबाट ठूलो संख्यामा सामान खरिदका लागि जोगबनी जाने गरेको फेला

बिराटनगर २६ असोज

बीच नेपाल र भारत बीचको अन्तर्राष्ट्रिय सिमा सिल गरिएको अवस्थामा खुला सिमाको फाइदा उठाउदै सिमा क्षेत्रमा सामान ओसारपोसार गर्नेलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गर्न शुरु गरेका छन । विराटनगरको इस्लामपुर भएर दैनिक सामान ओसारपोसार गर्ने क्रम नरोकिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आवतजावत गर्नेहरुलाई पक्राउ गर्ने कार्य थालेको हो । यसै क्रममा आइतवार ६ जना भारतिय सहित ४४ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरी क्वारेण्टाइनमा पठाएको छ । पक्राउ परेकाहरुलाई स्थानीय तह संग समन्वय गरेर क्वारेण्टाइनमा पठाउने तयारी गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका र बुढीगंगा गाँउपालिकाका स्थानीयहरु रहेका छन् । उनीहरु मध्ये ४ जना बालबालिकाहरु छन् । उनीहरुलाई जोगबनीबाट सामान किनमेल गरेर विराटनगर प्रवेश गर्दै गर्दा पक्राउ गरिएको हो । उनीहरुको साथबाट खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा बरामद गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *